काभ्रेको रोशी खोला, ललितपुरको बागमती नदी र कोड्कु खोलाले सतर्कता तह पार गरेका छन्। नदी तथा खोलामा पानीको सतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
महाशाखाका अनुसार शनिबार शनिबार बिहान ११ः५० बजे काभ्रे जिल्लास्थित रोशी खोला र ललितपुर जिल्लास्थित बागमती नदीको खोकनाले सतर्कता तह पार गरेका हुन्।
त्यस्तै, ललितपुरस्थित कोड्कु खोला झरुवारासीले पनि सतर्कता तह पार गरेको र पानीको सतह बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ।
नदी तथा खोलाको जलस्तर बढिरहेकाले आसपासका बासिन्दालाई सतर्क रहन र सम्भावित जोखिमबाट बच्न महाशाखाले अनुरोध गरेको छ।
प्रकाशित: १४ कार्तिक २०८३ १३:२६ शनिबार





