२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

कैलालीमा युवकको हत्या गरी टाउको लिएर प्रहरी कार्यालय पुगे अभियुक्त

कैलालीमा एक युवकको घाँटी रेटेर बीभत्स हत्या गरिएको छ।

घोडाघोडी नगरपालिका–८ मा शुक्रबार राति सुर्खेतको चौकुने गाउँपालिका–३ का २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या गरिएको हो।

घोडाघोडी गाउँपालिका–८ का १८ वर्षीय बलबहादुर विक र १९ वर्षीय गंगा बुढा क्षेत्रीले बुढाको घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ। हत्यामा संलग्न उनीहरूलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ।

उनीहरूले पसलमा रक्सी खाने बेला आपसी विवादमा भएपछि धारिलो हतियार प्रयोग गरेर बुढाको टाउको रेटेका थिए। सो पश्चात् उनीहरू हतियार र टाउको बोकेर राति नै घोडाघोडी नगरपालिका–३ स्थित अस्थायी प्रहरी पोस्ट पुगेका थिए।

प्रकाशित: २५ आश्विन २०८२ ०८:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App