२२ आश्विन २०८३ बिहीबार
image/svg+xml
समाज

डोटीमा दुर्घटना, ९ जना घाइते

डोटीको जोरायल गाउँपालिका १ गैरा बजारस्थित भीमदत्त राजमार्गमा कामदार बोकेको ट्र्याक्टर दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। 

मंगलबार बिहान ८ः४५ बजे गैरा बजारबाट मेलखर्कतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००२ त ४९१० नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट करिब १२० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। 

ट्र्याक्टर डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २३ वर्षीय प्रकाशबहादुर थापा मगरले चलाएका थिए। 

दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी घण्टेश्वरबाट प्रहरी सहायक निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाको कमान्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो।  

दुर्घटनामा जोरायल–१ चपरचानीका ३३ वर्षीय अमर सिजाली मगर, ४६ वर्षीय डम्बर थापा, १८ वर्षीय भरत थापा मगर र १८ वर्षीय विवश थापा मगर घाइते भएका छन्। 

त्यस्तै जोरायल–१ गोगनपानीका ५२ वर्षीय जितबहादुर विक, धानाकोटका ३२ वर्षीय रूपलाल विक र ३२ वर्षीया अनिषा विक, सपुर्सानीका ३५ वर्षीय हर्कबहादुर थापा मगर तथा भानाकोटकी ३ वर्षीया करिश्मा विक पनि घाइते भएका छन्। 

प्रकाशित: २० आश्विन २०८३ १२:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App