खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल सोल्माकी ३६ वर्षीया देवीकला राई मृत भेटिएकी छिन्।
मृतक राई अधिया धान खेतमा घोप्टो परी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक राजु विष्टले बताए।
राई घरबाट कहाँ हिँडेकी थिइन् भन्ने खुलेको छैन। राईकाे शव पाेस्टमार्टका लागि जिल्ला अस्पताल दिक्तेलमा लगिएको छ।
प्रकाशित: २० भाद्र २०८२ १०:४६ शुक्रबार





