खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६, नेर्पा, माम्खाकी ४३ वर्षीया शान्ता राई मृत भेटिएकी छन्।
साँझ परिसक्दा पनि घर नफर्किएपछि खोजी गर्ने क्रममा शनिबार राति ८ बजेतिर गाउँ नजिकैको छागें खोलामा मृत फेला पारेकाे जिल्ला प्रहरी कार्यालय खोटाङले बताए। प्रहरीका अनुसार उनी घरबाट शनिबार अपराह्न बाहिर निस्किएकी थिइन्।
घटनाको जानकारी पाउनेबित्तिकै अस्थायी प्रहरी चौकी तालखर्कबाट प्रहरी सहायक निरीक्षक किशोरकुमार हजारी थारुको नेतृत्वमा र जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरीक्षक निराजन बस्नेतको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले खोलाबाट निकालिएकाे शव मृतकको घरमा राखेको जनाएको छ।
प्रहरीकाे अनुसार आवश्यक कानुनी प्रक्रिया आज गरिने जनाइएको छ। जिल्ला प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रकाशित: ३ श्रावण २०८३ १२:३६ आइतबार





