२३ भाद्र २०८३ मंगलबार
image/svg+xml
समाज

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

फाइल तस्बिर

राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीको पहिरोमा परी दाङका एक विद्यार्थीको मृत्यु भएको छ।

पहिरोमा परी दाङको तुलसीपुरस्थित ग्रेट अरनीको इग्लिस सेकेन्डरी स्कुलमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी मदन पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक दीपक पातलीले बताए।

बिदाको दिन सल्यान त्रिवेणी गाउँपालिका–३ स्थित घरमा जाने क्रममा सोमबार रातिको पहिरोमा परी निजको निधन भएको थियो। 

प्रहरीका अनुसार पहिरोमा परी गम्भीर घाइते भएका पुनलाई स्थानीय उपचारका लागि सुर्खेत लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो।

सोही पहिरोमा परी त्रिवेणी गाउँपालिका–३ कै १८ वर्षीय सुनिल थापासमेत घाइते भएका छन्।

उनको बायाँ हात र खुट्टामा चोट लागेकाले स्थानीय कान्तिपुर सामुदायिक अस्पताल श्रीनगरमा उपचार भइरहेको छ।

प्रकाशित: २३ भाद्र २०८३ १५:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App