चौरी गाईको आक्रमणबाट ताप्लेजुङमा एक विदेशी घाइते भएका छन् । फक्ताङलुङ गाउँपालिका-६ फक्ताङलुङमा चरिरहेको चौरीले विदेशी नागरिकलाई आक्रमण गरेको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख बेदप्रसाद गौतमका अनुसार फलेबाट घुन्सातर्फ जाने क्रममा अचानक चौंरी गाईले पछाडिबाट आक्रमण गरी स्वीजरल्याण्डका नागरिक रोनाल्ड क्रिस्टोनलाई घाइते बनाएको छ ।
उनी कञ्चनजंघा क्षेत्रको भ्रमणलाई निस्किएका थिए । पासपोर्ट नम्बर X0F03S29 का क्रिस्टोको घुन्सास्थित स्वास्थ्य चौकीमा उपचरा गरिएको छ ।
उनको तिघ्रामा चोट लागेको छ । उनलाई हेलिकोप्टरबाट थप उपचारका लागि लैजाने तयारी गरिएको र हेलिकोप्टर भोलि (सोमबार)आउने प्रहरीले जनाएको छ ।
प्रकाशित: १६ कार्तिक २०८२ २०:०२ आइतबार





