तनहुँको बन्दीपुरमा घरपछाडिबाट खसेको पहिरोका कारण एक दुईतले पक्की घर उच्च जोखिममा परेको छ।
पहिरोले घर नै धरापमा पारेपछि चार सदस्यीय परिवार विस्थापित भएको छ।
बन्दीपुर गाउँपालिका-४ ठूलोढुङ्गा बस्ने भोजराज थापाको दुईतले पक्की घरपछाडि आइतबार साँझ करिब ५ बजे अचानक पहिरो खसेको हो। पहिरोका कारण घरमा जोखिम बढे पनि कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
पहिरोको जोखिम बढेपछि थापाको परिवारका चारै जना सदस्य सोही वडाको धाब्रेस्थित आफ्नै पुरानो घरमा सुरक्षित सरेका छन्।
घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी डुम्रेबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेर आवश्यक सुरक्षा तथा वस्तुस्थितिबारे अनुसन्धान गरिरहेको छ।
प्रकाशित: १२ आश्विन २०८३ १९:३४ सोमबार





