१३ जेष्ठ २०८३ बुधबार
image/svg+xml
समाज

फेवातालमा डुबेर एक बालकको मृत्यु

फाइल तस्बिर

फेवातालमा डुबेर एक बालकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१८ चापापानीस्थित फेवातालको सिरान क्षेत्र खपौंदी नजिकको तालको पानीमा पौडी खेल्ने क्रममा डुबेर स्थानिय खपौंदी निवासी १० वर्षीय आरेस लामाको मृत्यू भएको हो ।

पौडी खेल्ने क्रममा पूर्वाह्न ११:१५ बजे डुबेका उनलाई सशस्त्र प्रहरी बल २४ नम्बर गण कास्कीबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक ताराचन्द्र शर्मा नेतृत्वको टोलीले अचेत अवस्थामा उद्दार गरेको थियो । सशस्त्र प्रहरीले उनलाई १८ फिट गहिराईबाट अचेत अवस्थामा उद्धार गरेको जनाएको छ ।

उद्धार पश्चात पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिए पनि चिकित्सकले १२:१५ बजे मृत घोषणा गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धान भइरहेको कास्की प्रहरीले बताएको छ ।

 

प्रकाशित: १८ वैशाख २०८३ १५:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App