६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

आजको मौसम: सामान्यतया सफा नै रहने

हाल प्रदेश १, वागमती प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थान हल्का हिमपातको सम्भावना रहेको छ। 

आज राति प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

आगामी २४ घण्टामा प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भू–भागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले पर्वतारोहण र पद यात्रा गर्दा शतर्कता अपनाउन विभागले आग्रह गरेको छ। साथै तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन विभागको आग्रह छ।

प्रकाशित: ३० कार्तिक २०७९ ०४:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App