६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

हिमाली भू-भागहरुमा हिमपातको सम्भावना

फाइल तस्बिर।

हाल देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।  

विभागका अनुसार दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी  प्रदेशको पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ।  प्रदेश नं १ को पहाडी भू-भागका एक(दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ। प्रदेश नं १ र गण्डकी  प्रदेशका हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ।

यस्तै, राती कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी  भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम  प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ।

प्रकाशित: २७ कार्तिक २०७९ ०५:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App