१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

ताप्लेजुङमा अटो दुर्घटना: बाजे र नातिको मृत्यु, चालक गम्भिर घाइते

सदरमुकाम फुङलिङमा शनिबार बिहान भएको अटो दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ। एकजना गम्भिर घाइते भएका छन्।  

फुङलिङ नगरपालिका वडा नं ८ बेजम्बुबाट सुकेटार विमानस्थलतर्फ हिँडेको १/००२/००३ ह३९०० नम्बरको अटो दोखुको नाम्लेपाटी माथि घ्याङ डाँडामा दुर्घटना हुँदा पाथीभरा याङ्वरक गाउँपालिका वडा नं १ नाङखोल्याङ बस्ने अन्दाजी ७५ बर्षिय धनबहादुर गुरुङ र गुरुङको नाति अन्दाजी ११ बर्षिय इशान गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)कैलाश राईका अनुसार गम्भिर घाइते अटो चालक गंगाराम राईलाई उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल ल्याइएको छ। घटनास्थलमा प्रहरी टोली पुगिसकेको र घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित: २६ कार्तिक २०७९ ०२:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App