६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

आजको मौसम: सामान्यतया सफा नै रहने

हाल सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।  

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना रहेको विभागले जनाएको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको र तापक्रममा कमी आउने सम्भावना भएकोले चिसोबाट बच्न आवश्यक शतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ।

प्रकाशित: २३ कार्तिक २०७९ ०४:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App