१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

रामघाट मेलामा भक्तजनको घुइँचो(तस्बिरहरु)

कार्तिक शुक्ल पुर्णिमामा (नहान) रामघाट नदीमा १० हजार श्रद्धालुद्धारा स्नान

कार्तिक शुक्ल पुर्णिमा  (नहान) दिन मंगलबार बाणगंगा नदी अन्र्तगत कपिलवस्तु नगरपालिका– ३ रामघाटमा श्रद्धालु भक्तजनको भीड लागेको छ। बाणंगा नदीको रामाघाटमा १० हजार बढी श्रद्धालु भक्तजनहरुले स्नान गरेका छन्। रामघाट मेला जिल्ला कै सबै भन्दा पुरानो मेला हो। रामघाट मेला व्यवस्थापन समिति अनुसार यस बर्ष गत बर्षको तुलनामा श्रद्धालु भक्तजनहरुको संख्यामा समेत बढेको छ।

कार्तिक शुक्ल पुर्णिमा दिन जिल्लाको बाणगंगा नदीका विभिन्न स्थानमा मेला लागेको छ। बाणगंगाको रामाघाट, लक्ष्मणघाट, बर्गदीघाट, कजराहवा र हदौनामा मंगलबार  लागेको मेला हेर्न ठूलो संख्यामा श्रद्धालुहरु आएका छन्। प्राचीन भागिरथी र अहिले बाणगंगा नदीमा लाग्ने मेला प्राचिन र धार्मिक महत्व  बाकेको श्रद्धालु भक्तजनहरु बताउँछन्।  मेलामा टाढा टाढाबाट भक्तजनहरु आएका छन्। रामघाटमा भारतको शोहरतगढ, तुुल्सीपुर, शोहरतगढ, अलीगढवा तथा छिमेकी जिल्ला दाङ, रुपन्देही, अर्घाखाची लगायतका स्थानका मानिस समेत आएका छन्। मेलाका लागि सोमबार रातिदेखि नै भक्तजनहरु रामघाटमा जम्मा भएका थिए। भक्तजनहरुले रात भरी जाग्रम बसी भजन क्रितन गर्दै बिहान सबेरै नदीमा स्नान गरी राम जानकी मन्दिरमा गएर पुजाआजा गरेका थिए। यस दिन नदीमा स्नान गरी पुुजाआजा गर्नाले पाप नास भई पुण्यफल प्राप्त हुने धार्मिक विश्वास रही आएको छ।

सो अवसरमा सयौं भक्तजनहरुले पूजापाठसँगै गौ पुजा गरी दान समेत गरेका छन्।  त्रेतायगुमा भगवना राम बनवास जानेक्रममा प्यास लागे पछि अजुैनले बाण हानेर पानी निकालेका थिए। रामले पानी खाएपछि यस स्थानको नाम रामघाट हुन गएको बुढापाखाहरु बताउँछन्।। गौदान पूजा गराउन यशोधरा गाउँपालिकाको  भडेहरबाट आएका बयोबद्ध पुजारी राम गिरीले भगवान रामको बाणद्धारा उत्पत्ति भएको बाणगंगा नदीमा स्नान गरी गौदान गर्नाले ठूलो पुण्यफल मिल्ने बताए। ‘भगवान राम, सीता र लक्ष्मण नुहाएको नदीमा स्नान गरी गौसहित अन्नपात दान गर्नाले बैतरणी पार हुन्छ। ’उनले भने। बाबु बाजे पालादेखि लाग्ने यो मेला जिल्ला कै सबैभन्दा पुरानो रहेको उनको दाबी छ।

कपिलवस्तु नगरपालिका– १ एक्का स्टेशनका देबी प्रसाद बर्माले यस बर्ष पनि गौ, अन्नपता सहीत पैसा दान गरेका थिए। ‘हामीले हरेक बर्ष रामघाटमा कार्तिक पुर्णिमामा दान गर्ने गर्छौ,’ उनीहरुले भने ‘बाजे बज्यैको पाला देखिको परंम्परालाई कामय राखेका छौं, जसले गर्दा हामीलाई पारिवरिक शान्ति र सुख मिलेको छ।’ मेलामा जिल्ला सहीत भारत, छिमेकी जिल्लाहरु लगायतका स्थानहरुबाट ठूलो संख्यामा सन्त, महन्त, साधुहरुहरु आएको वडा अध्यक्ष प्रकाश गैरेले बताए,।  भक्तजनहरु रातभर भजनकिर्तन, पुजापाठ, प्रवचन र भागवतको पाठ गरेका थिए। यही  अवसरमा कपिलवसतुको १० मध्ये ८ पालिकाले स्थानीय बिदा समेत दिएको छन।

कपिलवस्तुका बिद्यलायहरुमा समेत स्थानीय बिदा दिइएको छ। मेलामा हुन सक्ने विभिन्न घटनाहरुलाई रोक्न ठूलो संख्यामा सुरक्षाकर्मी प्रहरी परिचान गरिएको थियो।

प्रकाशित: २२ कार्तिक २०७९ ०५:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App