२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

आयोगलाई बालेनकाे जवाफ: 'हाम्रो नेपाली पार्टी' सँग मेरो कुनै दलगत आवद्धता छैन

काठमाडौं महानगरका मेयर बालेनले निर्वाचन आयोगलाई जवाफ पठाएका छन्। 

निर्वाचन आयोगले आयोगले हाम्रो नेपाली पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूले 'जय लौरो' नामक फेसबुक पेज समेतबाट प्रमुख शाहको समर्थन रहेको भनी गरेको प्रचारप्रसार बारे स्पष्ट पार्न भनेको थियो।

सो को जवाफ दिँदै बालेनले उक्त पार्टीमा आफ्नो आबद्दता नभएको भन्दै आफ्नो नाम लिएर प्रचार गरिएको हो भने कारबाही गर्दा हुने जवाफ पठाएका छन्।

आयोगले शाहलाई इन्जिनियर अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीसँग तपाईंको कुनै आवद्धता छ, छैन ?, हाम्रो नेपाली पार्टीसँग कुनै दलगत आवद्धता छैन भने उक्त दलले तस्बिर र नाम प्रयोग गरी आफ्नो दल र उम्मेदवारहरूको मत निरन्तर मागिरहेको देखिएकोले सो कार्य गर्न कुनै व्यक्त वा अव्यक्त सहमति छ, छैन ? भनेर स्पष्ट पार्न भनेको  थियो।

प्रकाशित: २१ कार्तिक २०७९ १४:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App