५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

जुवाको खालबाट सवा लाख बढी नगदसहित ७ जना जुवाडे पक्राउ

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ स्थित जुनकिरी होटलमा जुवाको खालबाट सवा लाख नगदी सहित ७ जना जुवाडे पक्राउ परेका छन्।  

शुक्रबार मध्यरातमा सो होटलमा माथिल्लो तल्लामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा हानी उनीहरुलाई पक्राउ गरेको हो। खालबाट १ लाख ३६ हजार ८१५ रुपैयाँ बरामद गरेकोे प्रहरी नायब उपरिक्षक मिन बहादुर घलेले बताए। 

पक्राउ पर्नेमा होटल साहु र घर धनी रामु भुसाल ,तिलाराम भुसाल मोबिन रेग्मी बाणगां नगरपालिका ८ लौगाईका राम बहादुर रानाभाट, पिपराका शेर बहादुर क्षेत्री, होम बहादुर थापा नविन भुषाल रहेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ। पक्राउ परेकोहरुसँग आवश्यक सोधपुछ र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १९ कार्तिक २०७९ ०३:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App