१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गोरखा अस्पतालमा डाक्टर कुट्ने तीन जना पक्राउ

तस्बिर: गोरखा अस्पताल

गोरखा अस्पतालमा ड्यूटीमा रहेका डाक्टरलाई ढोका थुनेर कुटपिट गर्ने तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गोरखा नगरपालिका ९ का २८ वर्षिय समिर कुवँर, १९ वर्षिय अनुप बस्नेत र गोनपा ३ का २६ वर्षिय प्रमोदजंग कुवँर रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक सोमदास ढकालले बताए।

कात्तिक ६ गते आईतवार दिउँसो बिरामीको रिपोर्टको विषयलाई लिएर डाक्टर अबिनास पराजुलीलाई कार्यकक्षमै ढोका थुनेर उनीहरुले कुटपिट गरेको अस्पतालले जनाएको छ। कुटपिटपछि फरार रहेका उनीहरुलाई शनिवार पक्राउ गरिएको प्रहरीले बताएको छ। 

अस्पतालले कुटपिटमा संलग्नलाई कारवाहीको माग गर्दै प्रहरीमा उजुरी दिएको थियो। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १३ कार्तिक २०७९ ०९:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App