२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

चितवनमा खुकुरी प्रहारबाट एक जनाको हत्या

चितवनमा खुकुरी प्रहार गरेर एक जनाको हत्या गरिएको छ। माडी नगरपालिका वडा नम्बर ४ धुसेरीका  ३२ वर्षीय जीवन नेपालीको आफ्नै घरमा आज राती एक बजे खुकुरी प्रहार गरेर हत्या गरिएको हो।  

मृतक नेपालीको टाउकोमा चोट लागेको छ। घटना स्थलमा खुकुरी समेत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।  

हत्याको आरोपमा  पूर्वी नवलपरासी स्थित गैंडाकोट नगरपालिका - ७ का टोलटोले बस्ने सुरेश बहादुर कुमाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजय राज पण्डितले जानकारी दिए।  

उनलाई माडी-३, ईनारबरुवा गाउँबाट पक्राउ गरिएको हो। घोसरीस्थित नेपालीको घरमा बसेरसंगै मद्यपान गर्ने क्रममा विवाद भएपछि नेपालीको टाउकोमा खुकुरी प्रहार गरेको बुझिएको छ। घटनाको  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

प्रकाशित: १२ कार्तिक २०७९ ०२:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App