४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

उदयपुरमा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

उदयपुर जिल्लाको दुइटा स्थानमा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

 

जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार गए राति नगरपालिका–१ स्थित श्रवनचोकमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक सोही स्थान बस्ने ३७ वर्षीय धनबहादुर तामाङको मृत्यु भएको छ।

प्रहरीका अनुसार बेलकाबाट सप्तरीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४६ प ४५३५ नम्बरको मोटरसाइकलमा सवार तामाङ तीव्र गतिमा थिए। मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो। उनलाई उपचारका लागि तत्काल सप्तरी कञ्चनपुरस्थित स्वास्थ्यचौकीमा लगिए पनि उपचारका क्रममा गए राति नै उनको मृत्यु भएको जिल्ला प्रहरीले बताएको छ।

यता मंगलबार साँझ नै जिल्लाको कटारी नगरपालिका–११ बेतिनी बजारबाट गहुँबारीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा चालक सोही स्थान बस्ने २४ वर्षीय यम्बरबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ।

मोटरसाइकल पछाडि बस्ने २१ वर्षीया इन्दिरा कार्की घाइते भएको प्रहरीले बताएको छ।

लु ८८ प १८५६ नम्बरको 'अनटेस्ट' मोटरसाइकल चलाएर बेतिनीबाट गहुँबारी जाँदै गरेका श्रेष्ठको राति ८ बजे गहुँबारीमा दुर्घटना भएको हो। श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय उदयपुरले बताएको छ।

प्रकाशित: ९ कार्तिक २०७९ १३:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App