६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

हत्या गरेर फरार भएका दुई जना १२ वर्षपछी पक्राउ

हत्या गरेर फरार दुई जना व्यक्तीलाई प्रहरीले १२ वर्षपछी पक्राउ गरेको छ। अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर–१०, धनचौरका दुई जना फरार प्रतिवादी पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।  

पक्राउ पर्नेमा भुमिकास्थान–१०, धनचौर प्यारे निवासी ४० वर्षिय शालिक बहादुर बुढा र ३६ वर्षिय नारायण बुढा रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। प्रहरी कार्यालयका प्रमुख डिएसपी मुकुन्द रिजालका अनुसार उनीहरु १२ वर्षदेखी फरार थिए। गोप्य सूचनाका आधारमा उनीहरुलाई अर्घाखाँची र कपिलवस्तुको सीमानाबाट पक्राउ गरिएको हो।  

उनीहरु विसं. २०६७ साल माघ २५ गते सोही ठाउँमा बस्ने ४० वर्षिय दधिराम भुसालको हत्या गरेर फरार थिए। जिल्ला अदालत अर्घाखाँचीले २०७५ असार ३ गते हत्यामा संलग्न ९ जनालाई २० वर्ष कैदको फैसला सुनाएको थियो। जसमध्ये ६ जनाले कैद भुक्तान गरिरहेका छन् भने हत्यामा संलग्न १ जना अझै फरार रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुई जनालाई अदालतमा पेश गरि प्रक्रिया अँगाडी बढाईएको छ।

प्रकाशित: ६ कार्तिक २०७९ १२:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App