२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अवरुद्ध नाग्म–गमगढी सडकखण्ड: १५ दिनपछि सञ्चालनमा

नाग्म–गमगढी राजमार्ग सञ्चालनमा आएको छ। असोज १९ देखिको अविरल वर्षा र पहिरोका कारण अवरुद्ध नाग्म–गमगढी सडक खण्ड आजदेखि सञ्चालनमा आएको हो।

सडक डिभिजन कार्यालय जुम्लाले नाग्म–गमगडि राजमार्ग खुलेको जनाएको छ।  कार्यालयका प्रमुख राजीव श्रेष्ठका अनुसार ९३ किलोमिटरको  उक्त राजमार्ग १५ दिनको प्रयासपछि खुलेको हो। नाग्म (गमगढी राजमार्गको हिमा गाउँपालिकामा सबै भन्दा बढी पहिरो गएको थियो।

ईन्जिनियर गणेश भक्रीले हिमा गाउँपालिकाको बाजागाडादेखि भूगोलपाटसम्म मात्रै करिब आठ किलोमिटर लामो पहिरो गएको थियो, सो पहिरो पनि पञ्छाएपछि सडक खुलेको हो। उनले नाग्म (गमगढी राजमार्गको ९३ किलोमिटरमा एक सय ५० वटा पहिरो पञ्छाएको बताए।    

हिमा गाउँपालिकाको बुअ पाखा, बाजागाडा, बड्की, देवारगाउँ, आचार्य लिहीमा  र कनकासुन्दरीको जिअ भिड, मुगुको झ्यारी, ताल्चामा खसेको पहिरो पनि पञ्छाइएको छ। पहिरो पञ्छाएपछि मोटरसाईकलहरू सहजै ओहोरदोहोर गर्न थालेका छन् भने साँघुरो स्थानमा थप मर्मत गरे गाडी चलाउने तयारी भइरहेको छ।

प्रकाशित: ५ कार्तिक २०७९ ०९:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App