२५ असार २०८१ मंगलबार
image/svg+xml
समाज

ग्लोबल गोरखा समाजको अध्यक्षमा गोकर्ण ढकाल निर्विरोध चयन

ग्लोबल गोरखा समाजका निर्वाचित अध्यक्ष, उपाध्यक्ष लगायत गोरखामा उपलब्ध टिम।

विश्वभर छरिएर रहेका प्रवासी गोरखालीहरुको साझा संस्था ग्लोबल गोरखा समाजको अध्यक्षमा गैरआवासीय नेपाली संघ हङकङका अध्यक्ष गोर्कण ढकाल निर्विरोध निर्वाचित भएका छन्।

गोरखा सदरमुकाममा शुक्रबार भएको तेस्रो अन्तर्राष्ट्रिय महाधिवेशनबाट निवर्तमान उपाध्यक्ष गोकर्ण ढकाल निर्विरोध अध्यक्षमा चुनिएका हुन्। गोरखा सिरानचोक घर भएका उनी लामो समयदेखि हङकङमा बसेर सामाजिक अभियानमा सक्रिय हुँदै आएका छन्।

समाजको उपाध्यक्षहरुमा त्रिलोचन पोखरेल (अस्ट्रेलिया), आकाश बञ्जरा (हङकङ), श्रीकृष्ण भट्टराई (कतार) बम गुरुङ (बेलायत), कमला लम्साल काप्री (जापान ) र गणेश लामिछाने (अमेरिका) चयन भएका छन्। यस अघि अधिवेशन पश्चात मनोनित भएर आएका निवर्तमान सचिव विराट खनाल (जापान) लाई महासचिवको जिम्मेवारी प्रदान गरीएको छ।

महासचिव खनालनिर्विरोध महासचिव पदमा चयन भएका हुन्। यस्तै समाजको सचिवमा कतारबाट रामजी खत्री, मलेसियाबाट प्रेम पाण्डे र बेल्जियमबाट मदन दवाडी चयन भएका छन्। समाजका कोषाध्यक्षमा बेलायतका ज्ञानेन्द्र आले मगरले जिम्मेवारी पाएका छन् भने सहकोषाध्यक्षमा जर्मनीका डा. सरोज अर्याल चयन भएका छन्।

गोरखामा उपस्थित हुन नसकेका सदस्यहरु जुममार्फत् अधिवेशनमा सहभागी बनेका थिए। समाजको युवा संयोजकको जिम्मेवारी नेदरल्यान्डका सुभाषसिंह बस्नेतलाई दिइएको छ। अधिवेशनले जर्मनीका रामप्रताप थापा प्रमुख संरक्षक रहने गरी चार सदस्यीय संरक्षक समिति समेत गठन गरेको छ।

संरक्षक समितिको सदस्यहरुमा हरिहर अर्याल (फ्रान्स), जय प्रकाश गुरुङ (बेलायत) र विनय अधिकारी (बेलायत) रहेका छन्। कार्यसमितिका सदस्य र बाँकी रहेका पदाधिकारी भने कार्यसमिति बैठकले चयन गर्ने महासचिव खनालले बताए। अधिवेशनको अवसरमा संस्थापक अध्यक्ष जयप्रकाश गुरुङ र संरक्षक रामप्रताप थापालाई समाजले सम्मान गरेको थियो।

संस्थाका अध्यक्ष बिनय अधिकारीको अध्यक्षतामा भएको अधिवेशनको उदघाटन समारोह नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठ, राष्ट्रिय सभा सदस्य कमला पन्त, संस्थाका संरक्षक रामप्रताप थापा लगायतले शुभकामना व्यक्त गरेका थिए।

ग्लोबल गोरखा समाज २०१६ मा स्थापना भएको प्रवासी गोरखालीहरुको साझा संस्था हो। यसले विश्वका विभिन्न दुई दर्जनभन्दा बढी मुलुकबाट प्रतिनिधित्व गराउँदै प्रवासी गोर्खालीहरुको छाता संस्थाको रुपमा काम गर्दै आएको छ।

प्रकाशित: ४ कार्तिक २०७९ १३:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App