१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

सर्लाही गोली काण्ड: तीन भारतीयसहित चार जना पक्राउ

फाइल तस्बिर

बुधबार सर्लाहीको बागमतिमा भएको गोलि काण्डका चार आरोपीलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ। बागमती नगरपालिकाको मिलन चोकमा रहेको सगुन सहकारीका प्रमुख सुजन कार्कीलाई बुधबार गोलि हान्नेहरुलाइ सर्लाही प्रहरीले गएराती नेपाल भारत सिमाक्षेत्रबाट पक्राउ गरेको हो।  

नेपाल भारत सिमाक्षेत्रको बलरा नगरपालिका ३ लक्ष्मिपुर नाका हुँदै भारततर्फ लुकि छिपी भाग्न खोजिरहेको अवस्थामा प्रहरी गएराती ११ बजेको समयमा तीन भारतीयसहित चार जनालाई पक्राउ गरेको छ।  

पक्राउ गर्ने क्रममा भाग्न खोज्दा प्रहरीले एक जनामाथी गोली प्रहार समेत गरेको थियो। पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि सर्लाही सेखौना १ का धिरेन्द्र सहनी माथी प्रहरीले गोलि प्रहार गरेको हो। सहनिको खुटामा गोलि लागेको छ।

सहनिको उपचार प्रहरीको निगरानीमा मलङवामा भइरहेको छ। प्रहरीले भारत बिहारको मोतिहारिका २२ वर्षीय गुल्शन सिह, बैशालिका २० वर्षीय सौरभ साह र शिवहरका २० वर्षीय रेहान सिहलाइ पक्राउ गरेको छ।  

घटनाको विषयमा आज दिउँसो २ बजे आधिकारिक जानकारी दिने सर्लाही प्रहरीले जनाएको छ।

प्रकाशित: ३ कार्तिक २०७९ ०३:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App