बझाङको मष्टा गाँउपालिकामा भएको जिप दुर्घटना परी मृत्यु हुनेको संख्या ७ पुगेको छ भने १६ जना घाइते भएका छन्।
सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका- २, खेतकोट जाँदै गरेको सु प प्र ०१-००१ च ११७ नम्बरको जिप बुधबार अपराह्न ४ बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो। जिप दुर्घटना हुँदा घाइते भएका १६ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक रहेकोे छ। दुर्घटनामा घाइतेमध्ये धेरैजसो महिला र बालबालिका रहेका छन्। दुर्घटनामा परि मृत्यु हुनेमा मष्टा गाँउपालिका वडा नं २ खेतकोटका १३ वर्षीया सम्झाना खड्का, १५ वर्षीय रोशन खड्का, २८ वर्षीया वसन्ती धामी, १३ वर्षीय प्रचण्ड खड्का, ३८ बर्षिया विरेन्द्र अधिकारी, ७ महिनाकी बालिका दक्षिता कठायत र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका घर भएका ४२ बर्षिया झरेन्द्र बोहरा रहेका छन।
दुर्घटनामा परि घाइते हुनेमा मष्टा गाउँपालिका- २ का ८ बर्षिय अमृत खड्का, १३ बर्षिया रोशनि धामी, सिंहवीर बुढा, ३५ बर्षिय गाडी चालक राजेश रोकाया, ४ बर्षिय सिर्जन सिंह, ११ बर्षिया अम्बिका सिंह, ५० बर्षिया सिन्कि देवि भण्डारी, सोही वडा २५ बर्षिया कमला कठायत, २१ बर्षिया निन्दा ओखेडा, ७५ बर्षिय बिरबहादुर खड्का, मष्टा साडा- १ बस्ने ३६ बर्षिय सन्तोष सिंह, २२ बर्षिय ईश्वर ओखेडा, अनिस ओखेडा, १० बर्षिय अंकित खड्का, ७५ बर्षिय बिरबहादुर खड्का, ४ बर्षिय सिम्रन सिंह, २२ बर्षिया हेमन्ती सिंह रहेका छन्।
जिल्ला सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्किँदै गरेका यात्रु चढेको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए। जिप सडकबाट ५ सय मिटर तल खसेर भीरमा अड्किएको छ।
प्रकाशित: २ कार्तिक २०७९ १३:५६ बुधबार





