३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

ताप्लेजुङको मैवाखोलामा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

ताप्लेजुङको मैवाखोला गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ।  

तेल्लाबुङबाट मैवाखोला गाउँपालिका वडा नं ५ जाने क्रममा ५६५५ नम्बरको ट्याक्टर दुर्घटनामा परेकाे हाे।

दुर्घटनामा परी गाडी साहु र चालक समेत रहेका मैवाखोला गाउँपालिका वडा नं ५ काम्साङ बस्ने ३१ वर्षीय पासाङ शेर्पा,निजका सहोदर भाई २४ वर्षीय फुर्वा शेर्पा,मैवाखोला गाउँपालिका वडा नं ४ ओदक बस्ने पासाङ छेटु शेर्पाका छोरीद्धय १७ वर्षीया छोरी लाकी शेर्पा र २२ वर्षीया शर्मिला शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख९डिएसपी० कैलाश राईले जानकारी दिए। घटनाको विस्तृत विवरण संकलन भइरहेकोे प्रहरीले जनाएको छ।

प्रकाशित: २ कार्तिक २०७९ ०१:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App