२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

निर्वाचनको समयमा हुने घरेलु हिंसाबारे सरकारको ध्यानाकर्षण

अन्तर–पुस्ता महिलावादी मञ्चले निर्वाचनको समयमा महिलामाथि हुने घरेलु हिंसा तथा अन्य हिंसाको विषयमा सरकार तथा निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। 

मञ्चले ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाएको छ। निर्वाचन कार्यालयलाई पनि भयमुक्त निर्वाचनका लागि खबरदारी गर्दै ध्यानाकर्षण पत्र बुझाइएको अन्तर–पुस्ता महिलावादी मञ्चका सह–संयोजक सरु जोशी श्रेष्ठले जानकारी दिइन्।

हालै एकै दिन मञ्चले जिल्ला प्रशासन कार्यालयमा ध्यानार्षण पत्र बुझाएको थियो। निर्वाचनअघि विभिन्न राजनीतिक दलहरुले गर्ने क्रियाकलाप महिलामैत्री नहुने र निर्वाचनपछि विजयी भए पनि नारा जुलुस गर्ने पार्टी खाने तथा महिलामाथि हिंसा गर्ने परिपार्टी विद्यमान रहेकाले यस्ता गतिविधी राज्यले नियन्त्रण गर्नुपर्ने सहसंयोजक श्रेष्ठले बताइन्। 

निर्वाचनको सम्बन्ध घरेलु हिंसासँग जोडिएको कुरा नयाँ भएको बताउदै आयोगका प्रमुख दिनेश थपोलियाले आयोगको ध्यानाकर्षण भएको बताए। यस विषयलाई सुरक्षा बैठकहरुमा विषय प्रवेश गराउने सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले बताएकाे मञ्जकी सदस्य गीता डगोंलले जानकारी दिइन्।

प्रकाशित: ३१ आश्विन २०७९ ०९:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App