१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न राष्ट्रपति र प्रधानमन्त्री उपस्थित हुने

संस्कृतविद तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित हुने भएका छन्।

जोशीको पार्थिव शरीर आज मध्याह्न १२ देखि अपराह्न ४ बजेसम्म ललितपुर महानगरको प्रांगणमा राखिने छ। श्रद्धाञ्जली अर्पण गर्न राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित हुने लतितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए। श्रद्धाञ्जली अर्पणपछि उनको पार्थिव शरीर पुनः ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा लगिनेछ। १०३ वर्षीय संस्कृतिविद् जोशीको उपचारका क्रममा आज बिहान ७ बजेर ९ मिनेटमा सोही अस्पतालमा निधन भएको थियो।

जोशीको शरीर यसअघिको उनकै इच्छाअनुसार निजलाई अध्ययनका लागि सोही अस्पतालमा राखिने अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले बताए।

प्रकाशित: ३० आश्विन २०७९ ०५:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App