१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

९ शाखा अधिकृतसहित ताप्लेजुङका ३४ कर्मचारी परे छड्केमा

जिल्ला प्रशासन कार्यालयले ताप्लेजुङका सरकारी कार्यालयमा बिहीबार गरेको अनुगमनमा ३४ जना कर्मचारी छड्केमा परेका छन्। बिदा स्वीकृत नगराई वा कार्यालयलाई औपचारिक जानकारी नगराई कार्यालयमा अनुपस्थित रहेका कर्मचारीलाई छड्केमा परेको भनिन्छ। 

सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईको नेतृत्वमा भएको छड्के अनुगमनका क्रममा शाखा अधिकृत तहका ९ जनासहित ३४ जना छड्केमा परेको जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा सुरेन्द्रराज दाहालले जानकारी दिए। उनका अनुसार छड्केमा पर्नेमा शाखा सबैभन्दा बढी नायव सुब्बा र खरिदार तहका कर्मचारी रहेका छन्। 

यो तहका २२ जना कर्मचारी छड्केमा परेका छन्। तीनजना हलुवा सवारी चालक समेत छड्केमा परेको दाहालले जानकारी दिए। छड्के अनुगमनमा संलग्न जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा कुलमणि दाहालका अनुसार सबैभन्दा बढी उत्तर–दक्षिण मूलघाट–ओलाङचुङगोला सडक योजनाका १४ जना कर्मचारी कार्यालयमा अनुपस्थित देखिएका थिए। अधिकाशं कार्यालय प्रमुख समेत कार्यालयमा अनुपस्थित रहेको पाइए पनि उनीहरुले बिदा स्वीकृति गराइ बिदामा रहेको पाइएको समेत अनुगमन टोलीले जानकारी दिएको छ।

प्रकाशित: २७ आश्विन २०७९ १२:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App