१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

मकवानपुरमा बाढी-पहिरोमा परेर दुई जनाको मृत्यु

मकवानपुरमा अविरल वर्षापछि बाढी-पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ। पहिरोमा पुरिएर तथा बाढीले बगाउँदा उनीहरूको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार राक्सिराङ गाउँपालिका-६ मागेनीका ४७ वर्षीय तोकबहादुर चेपाङको पहिरोमा पुरिएर मृत्यु भएको हो।

यस्तै कैलाश गाउँपालिका-३ कालीखोलाले बगाउँदा स्थानीय ६५ वर्षीय दलबहादुर चेपाङको मृत्यु भएको छ। खोला तर्ने क्रममा उनलाई बगाएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: २२ आश्विन २०७९ ०८:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App