३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

पहिरोले पाइप बगाउँदा तनहुँमा खानेपानीको समस्या

फाइल तस्बिर

गत मंगलबार साँझदेखि परेको अविरल वर्षाका कारण तनहुँका एक सय असी घरधुरीका करिब ५०० परिवारमा खानेपानी आपूर्ति बन्द भएको छ। व्यास नगरपालिका–७ ब्रिफ नरङ्गाफाँट खानेपानी उपभोक्ता समितिले बितरण गर्दै आएको खानेपानीको पाइप पहिराले क्षति बनाएपछि दुई दिनदेखि खानेपानी सेवा बन्द हुन पुगेको हो।  

बाढी र पहिरोले खानेपानीको पाइप बगाएकाले पानी ल्याउन नसकिएको उक्त समितिले जनाएको छ। धारामा पानी नआएपछि स्थानीयबासीलाई खानेपानी जोहो गर्न कठिनाइ भएकाले जतिसक्दो चाँडो पानी ल्याउन उपभोक्ता समितिले पहल गरिरहेको समितिका सचिव गणेश वाग्लेले जानकारी दिए।  

त्यसैगरी वडा नं १ स्थित भादगाउँ करादी खिरखादी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले वितरण गर्दै आएको खानेपानीको पाइपमा पनि क्षति पुगेको छ। व्यास नगरपालिका–१३ स्थित खिरखादी मुहानको मुख्य लाइनको पाइप फुटेकोले पानी बितरणमा समस्या भएको समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिए।  

उक्त समितिले व्यास नगरपालिका–१ का दुई हजार छ सय घरधुरीमा पानी वितरण गर्दै आएको थियो। लामो दूरीबाट ल्याइएको खानेपानीको पाइप हालैको अविरल वर्षाका कारण पाइपमा क्षति पु¥याएकाले मर्मत गरी चाँडो पानी सञ्चालन गर्ने योजना रहेको समितिका अध्यक्ष चिजबहादुर दरैले जानकारी  दिए। रासस

प्रकाशित: २२ आश्विन २०७९ ०१:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App