३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

सशस्त्रको घुमुवाद्धारा दशैँ खर्च असुली

मधेश प्रदेशमा रहेको सशस्त्र प्रहरी बल नेपालका घुमुवाहरुले दशैँको नाममा आर्थिक संकलन गर्ने गरेको पाइएको छ।

सशस्त्र प्रहरी बल नेपाल, छिनमस्त बाहिनीका बाहिनिपति गणेश ठाडामद्वारा खटिएका प्रहरी हवाल्दार अशोक साहको नेतृत्वमा घुमुवाहरुले गृह मन्त्रालय, सशस्त्र प्रहरी बलको नाममा तस्करी र व्यपारीहरुबाट दशै खर्चको नाममा रकम असुली गरिरहेको व्यवसायीहरुले गुनासो गरेका छन्।

तस्कर र व्यपारीहरुबाट दशै खर्चको नाममा पाँच देखि पचास हजारसम्म घुमुवाहरुले असुली गर्ने गरेको एक तस्करले जानकारी दिए। छिनमस्त बाहिनीका बाहिनिपति गणेश ठाडामगरले तस्कर र व्यवसायीहरुबाट आफ्नो नाममा कसैले रकम नउठाउने दाबी गरे। सो घुमुवा टोलीले तपाईको नाम लिई व्यपारी र तस्करहरुसँग दशैँ खर्च भनेर रकम उठाउने गरेका रहेछन् भन्ने प्रश्नमा ठाडामगरले आफ्नो नाममा कसैले पैसा नउठाएको र उठाएको खण्डमा कारबाही गर्ने समेत बताए। केही तस्करहरुको नाम सहित, 'तपाईंकै नाम बेची यिनिहरुले तस्करी गर्दै आइरहेका छन् ' भन्ने प्रश्नमा ठाडामगरले आफ्नो नाम बेची यस्ता क्रियकलाप भएमा त्यस्ता व्यक्तिहरुलाई कारवाही गर्ने बताए।

यता ती तस्करहरुको साथ सँगै अहिले अन्य तस्करहरु पनि मैलाएका छन्। 'पथलैयामै रहेको सम्पर्क कार्यालयमै डिआईजी ठाडामगरले बोलाएर हामीसँग महिनवारी रकम लिएर दशैमा समेत काम गर्न दिएका वीरगन्जको ईनर्वा नाकाबाट तस्करीको लाईन पाएका छौ' एक तस्करले दाबी गरे। डिआईजीबाट नै तस्करहरुको लागि लाईन खुल्ला गरिए पछि तस्करी रोक्न समस्या भएको एक बिओपीका ईन्चार्ज सशस्त्र प्रहरी निरिक्षकले गुनासे गरे। सशस्त्र प्रहरी बलका डिआईजी गणेश ठाडामगरले सशस्त्र प्रहरी हवाल्दार अशोक साह, बशिष्ट पटेल , सहायक हवल्दार सुदर्शन बैठा र इमाम आलमलाई तस्कर र व्यपारीहरुबाट आर्थिक संकलन गराई रहेको सार्वजनिक भए पछि सशस्त्र प्रहरीबल नेपालले घुमुवाहरुलाई कारवाही प्रक्रिया अगाडी बढाएको बताइएको छ। 

सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पुरुषोक्तम थापाले छिनमस्त बाहिनीको नाममा घुमुवाहरु परिचालन गरेर आर्थिक संकलन गराएको सार्वजनिक भए पछि आन्तरिक छानबिन शुरु गरिएको बताएका छन्। पहिले डिआईजी ठाडामगरले पर्सामा राखेका घुमुवाहरु बशिष्ट पटेल , सुदर्शन बैठाले तस्कर र व्यपारीहरुबाट रकम असुल्ने गरेको भेटिए पछि उनीहरुलाई सशस्त्र प्रहरीको हेड क्वाटरले कारवाही गरि तानेको थियो। यिनीहरु हेडक्वाटर तानिए पछि डिआईजी ठाडामगर बर्दिवासमा रहेको बाहिनीमा लगेका थिए। बाहिनीमा लगेका यिनीहरुको दरबन्दी कलैयामा रहेको १२ नम्बर गणमा कायम गरेर पुनः आर्थिक संकलन गराउनको लागि बारा र पर्सामा खटाइएको थिए।

घुमुवामा बदनाम भएका पटेल र बैठालाई डिआईजी ठाडामगरले अर्का सशस्त्र प्रहरी हवाल्दार अशोक साहसँगै आर्थिक संकलनमा खटाएको भेटिए पछि सशस्त्र प्रहरीका हेडक्वाटरले पुनः अहिले पटेल र बैठालाई कारवाही शुरु गरेको छ। सशस्त्र प्रहरी बलका महानिरिक्षक राजु अर्यालले कुनै पनि बाहिनीपति र गणपतिले सदा पोशाकमा घुमुवा खटाउन नपाईने निर्दैशन दिदै आए पनि आईजिपीको निर्दैशनलाई डिआईजी ठाडामगरले ठाडो चुनौती दिदै आएका हुन्। डिआईजी ठाडामगरको लागि व्यपारी र तस्करहरुसँग रकम उठाएको आरोपमा सशस्त्र प्रहरीको हेड क्वाटरले यी घुमुवाहरुलाई पटक पटक ताने पनि पुनः बारा , पर्सामै पठाए पछि यिनीहरुको मनोबल बढदै गएको बताइएको छ। 

डिआईजी ठाडामगर र घुमुवाहरुको काण्डै काण्ड

गत जेठमा बारा जिल्ला अदालतले सशस्त्र प्रहरीको छिन्नमस्त बाहिनीबाट खटेका घुमुवा अशोक साह लगाएत चारजना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। ईलाका प्रहरी कार्यालय सिम्रौनगढको माग बमोजिम सशस्त्र प्रहरी वरिष्ठ हवलदार अशोक साह लगाएत विरुद्ध पक्राउ पुर्जी जारी गरिएको अदालतका श्रेस्तेदार नवराज जोशीले बताएका थिए। 

बैशाख २३ गते सिम्रौनगढ नगरपालिका–१० मा भारतीय मोटरसाइकलमा सवार रहेको अवस्थामा भारतको पुर्वी चम्पारणको लौखानका पप्पु कुमार यादव र अखिलेश कुमार सिंहलाई दुई थान पेस्तोल र चार राउन्ड गोली सहित सशस्त्रका घुमुवाहरुले पक्राउ गरि नेपाल प्रहरीलाई बुझाएका थिए।

पक्राउ परेका यादव र सिँहबाट बरामत गरिएको बन्दुर र गोली सशस्त्रकै घुमुवाहरुले भारतीय नागरिक लालबाबु कुश्वाहालाई दिएको पैसाबाट खरिद गरिएको र पक्राउ परेका सिँह र यादव भरिया मात्रै भएको अनुसन्धानबाट खुल्न आए पछि प्रहरीले उनीहरु माथि पनि अनुसन्धान सुरु गरेको बाराका प्रहरी प्रवक्ता राजेश थापाले बताएका थिए।

नेपाल प्रहरीको अनुसन्धानबाट सशस्त्रका घुमुवाहरुले नै हतियार खरिद गराउने कार्यमा संलगन रहेको अनुसन्धानबाट खुले पनि यस घटनाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल बिच नै द्धन्द्ध निम्त्याउने अवस्था दिखिए पछि जिल्ला सरकारी वकिलको कार्यालयबाट ती घुमुवाहरुको नाम हटाउन लगाइएको थियो।

डिआईजी गणेश ठाडा मगरले आफना घुमुवाहरुलाई हतियार काण्डबाट बचाउनको लागि नेपाली काँग्रेसका केही नेताहरुलाई प्रयोग गरेर गृहमन्त्री बालकृष्ण खाँड सम्क्ष पुगी नेपाल प्रहरीको महानिरीक्षक धिरजप्रताब सिँह र महान्याधिवक्तालाई भन्न लगाएकाे बुझिएको छ।

प्रकाशित: १८ आश्विन २०७९ ११:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App