८ वैशाख २०८१ शनिबार
समाज

सगरमाथाको औपचारिक आरोहण सुरु, बिहीबार ६ जना सर्वोच्च शिखरमा

काठमाडौं- तीन विदेशी र तीन नेपाली आरोहीले चुचुरोमा विजयी झन्डा फहर्यालएपछि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको औपचारिक सुरुवात भएको छ।

यसपाली वसन्त ऋतुमा सगरमाथा शिखर चुम्ने आशाका साथ त्यहाँ पुगेका २ सय ८८ विदेशी र एक नेपाली आरोही (झापाका अनिष लुइँटेल) तथा करिब ४ सय 'हाइ अल्टिच्युड वर्कर' ५ हजार ३ सय ८० मिटर उचाइको आधारशिविरमा बसिरहेका छन्। यी सबै ३४ आरोहण दलमा सहभागी छन्।

तीमध्ये बिहीबार तीन विदेशी र र तीन नेपाली आरोहीले सगरमाथा शिखरमा यो वर्ष पहिलो पटक पाइला पुर्यालएका छन्। 'तीन नेपाली र तीन विदेशी आरोही बिहान साढे आठ बजे सगरमाथा शिखर पुगेपछि यसपालिको आरोहणको औपचारिक सुरुवात भएको छ,' आधारशिविरमा रहेका पर्यटन विभागका नायबसुब्बा तथा सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बिहीबार टेलिफोनमा नागरिकन्युजसँग भने, 'अब बढीमा दुई साताभित्र लगभग सबै आरोही शिखर पुग्नेछन्। सबैजना उपयुक्त मौसमको पखाईमा छन्।'

उनका अनुसार बिहीबार चुचुरो पुगेका तीन नेपाली आरोही दोर्जीग्याल्जेन शेर्पा, पेम्बा भोटे र पासाङरिता शेर्पा हुन् भने विदेशीतर्फ मेक्सिकोका डेभिड लियानो र बेलायतका केन्टन कुल, रोबर्ट लुकास छन्।

दोर्जीग्याल्जेन र डेभिड एसियन ट्रेकिङले व्यवस्थापन गरेको आरोहण दल तथा पेम्बा, केन्टन र रोबर्ट हिमालयन गाइड्स नेपालले व्यवस्थापन गरेको आरोहण दलमा सहभागी भएर शिखर पुगेका हुन्।

प्रकाशित: ३० वैशाख २०७३ ०३:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App