१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

झुटा जाहेरी दिने महिला पक्राउ

प्रहरीले झुटा जाहेरी दिने एकजना महिलालाई पक्राउ गरेको छ। नवलपरासी वर्दघाट चिसापानी घर भई हाल काठमाडौँ जडिबुटी डेरा गरी बस्ने ३४ वर्षीया महिलालाई पक्राउ गरेको हो। 

आफूलाई भक्तपुर जिल्लाको लोकन्थलीमा ल्याई अचेत बनाई एक पुरुषले जबरजस्ती करणी गरेको भनी प्रहरी वृत्त ठिमीमा असत्य जाहेरी दिएको देखिएकाले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।  

महिलाको निवेदन उपर अनुसन्धान गर्दा उक्त प्रकृतिको कुनै पनि घटना नभएको देखिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। पुरुष व्यक्तिलाई फसाउने नियतले कपोलकल्पित घटना बनाई जाहेरी दरखास्त समेत दिएको हुँदा निज महिलालाई पक्राउ गरेको परिसर भक्तपुरले जनाएको छ। उनलाई वृत्त ठिमीबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए।  

 

 

प्रकाशित: १५ आश्विन २०७९ १२:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App