२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पानामा पेपर्समा सात नेपालीः भिडियोमा विवरण हेर्नुस्

काठमाडौं-स्वदेशमा गरेको नाफाको कर छलेर अर्बौं डलर विदेश पुर्‍याइ अदृश्य लगानी गर्नेहरुको अन्तर्राष्ट्रिय सूचिमा सातजना नेपालीको पनि नाम र विवरण सार्वजनिक भएको छ। पानामा पेपर्समा नाम सार्वजनिक भएकामध्येमा गैरआवासीय नेपाली संघ (एनआरएन) का संस्थापक अध्यक्ष उपेन्द्र महतो अग्रस्थानमा छन्।

चौधरी ग्रुपका अरूणकुमार चौधरी, सुर्भांश कुमार चौधरी, करनकुमार चौधरी र शिला चौधरीको नामसहितको विवरण पनि पानामा पेपर्समा सार्वजनिक भएको छ। नवाङ डोल्मा र उमादेवी सिंघानीयाको नाम पनि पेपर्सले सार्वजनिक गरेको छ। अनुसन्धान पत्रकारहरुको संस्था इन्टरनेशनल कन्सोन्ट्रियम अफ इन्भेष्टिगेटिभ जोर्नालिष्ट (सिअाइजे) नामक संस्थाले सार्वजनिक गरेको गोप्य दस्तावेजअनुसार त्यसरी कर नतिरी पैसा विश्वका विभिन्न 'ट्याक्स ह्याभेन' टापु तथा अन्य मुलुक पुर्याउनेमा ७ नेपाली समेत रहेका विवरण प्रकाशित भएको हो। पानामा पेपर्सले सार्वजनिक गरेको दोस्रो चरणको विवरणमा नेपालीहरूको नाम सार्वजनिक भएको हो।

सोमबार राति सार्वजनिक अनुसन्धान प्रतिवेदनमा अफसोर कारोबार गर्ने यी सात नेपालीसहित सन् २०१३ को स्वीस लिक्समा मुछिएका थप १२ रेणुका प्रधान, रेखा काब्रा, डा. श्यामबहादुर कर्माचार्य, शशिकान्त अग्रवाल, हरिषकुमार तोडी, बिजेशकुमार तोडी अग्रवाल, प्रो. सत्यन्द्रकुमार गुप्ता, विमलकाजी ताम्राकार, विजेन्द्र जोशी, विनु श्रेष्ठ, विश्ववर्सिंग थापा, राजेन्द्र कुमार काब्रा छन्।

पानामा पेपर्समा सार्वजनिक भएको सात नेपालीहरूको नाम, संस्था/कम्पनीको विवरण र कारोवारको प्रकृति विवरण यो भिडियोमा हेर्नुहोस्ः

 

 

प्रकाशित: २७ वैशाख २०७३ २३:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App