१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

सरकारी निर्णयविरुद्ध पेनर सर्वोच्चमा

काठमाडौं- सामाजिक सद्भाव भड्काउने खालको सामग्री टि्वटरमार्फत सार्वजनिक गरेको आरोपमा पक्राउ परी दुई दिनभित्र देश छाड्न आदेश पाएका क्यानेडियन नागरिक रोबर्ट पेनर सरकारी निर्णयविरुद्ध सर्वोच्च गएका छन्।अधिवक्ता दीपेन्द्र झाले मस्यौदा गरेको रिट निवेदनमा पेनरको भिषा रद्द गर्ने सरकारको काम गैरकानुनी भएको दाबी गरिएको छ। सरकारले दुई दिनमा नेपाल नछाडे जेल हाल्ने चेतावनी दिएको थियो। सूचना प्रविधि क्षेत्रमा काम गर्नेगरी वर्किङ भिषा लिएर बसेका पेनरले नेपालका विभिन्न विषयमा उत्तेजक टि्वट गर्दै आएका थिए। मधेस आन्दोलनका समयमा पनि यिनको गतिविधिमाथि सरकारले निगरानी गरेको थियो। नेपालको आन्तरिक राजनीति र गतिविधिमा पेनरको संलग्नताविरुद्ध अध्यागमन विभागमा उजुरी परेको थियो। उनीविरुद्ध टि्वटरमा 'हेलो सरकार' मा पनि उजुरी परेको थियो।

टि्वटर र फेसबुकलगायत समाजिक सञ्जालमार्फत नेपालमा सामाजिक सद्भाव खल्बलाउने कार्य गरेको भन्दै पेनरलाई पक्राउ गर्न अध्यागमन विभागले सोमबार ललितपुर प्रहरी परिसरलाई अनुरोध गरेको थियो। पेनरलाई प्रहरीले गत आइतबार ललितपुरबाट पक्राउ गरेको थियो।

प्रहरीले गैरकानुनी रुपमा पक्राउ गरी अध्यागमन विभागलाई जिम्मा लगाएको जिकिर रिटमा गरिएको छ। क्यानडा फिर्ता पठाउने गृह मन्त्रालयको निर्णय अन्तर्राष्ट्रिय रुपमा संरक्षित स्वतन्त्रताको हकविरुद्ध रहेकाले खारेज हुनुपर्ने निवेदनमा उल्लेख छ।

प्रकाशित: २२ वैशाख २०७३ २०:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App