coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पर्यटकलाई बाजागाजासहित पोखरा विमानस्थलमा स्वागत

४३ औँ पर्यटन दिवसको अवसर पारेर पोखरा भित्रिने पर्यटकलाई स्वागत गरिएको छ।पोखरामा पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गण्डकी प्रदेश, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा पर्यटन परिषद्को संयुक्त आयोजनामा मंगलबार पोखरा विमानस्थलमा पहिलो उडानमार्फत पोखरा पुगेका पर्यटकहरुलाई बाजागाजासहित स्वागत गरिएको हो। 

कार्यक्रममा पर्यटकलाई गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ, पर्यटन वोर्ड गण्डकी प्रदेशका प्रमुख कासीराज भण्डारी र पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले खादासहित सम्मान गरे। उक्त अवसरमा पोखरामा रहेका विभिन्न पर्यटक संवद्ध संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो। पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार विमानबाट पहिलो ओर्लने भारतीय पर्यटक भारती पाण्डे, दोस्रो स्पेनका नागरिक इर्न अर्टिज रोवियो र तेस्रो स्पेनकै जेन्से कार्कोसलाई खादा र प्रमाणपत्रसहित स्वागत गरिएको हो।

प्रकाशित: ११ आश्विन २०७९ ०७:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App