७ वैशाख २०८१ शुक्रबार
समाज

भारतबाट अवैध रुपमा ल्याउँदै गरेको कुखुराका चल्ला बरामद

कपिलवस्तुको कृष्णनगर नगरपालिका– १२ हरिगहवामा ढेड लाख मूल्य बढीका कुखुराका चल्ला बरामद गरिएको छ। भारतीय सिमा नाकाबाट अवैध रुपमा मानिसले बोकी नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा सो चल्ला बरामद गरिएको हो।

प्रहरी चौकी बेदर्मीको  प्रहरी टोलिले गस्ती गर्दै कुखुराको चल्ला छोडी मानिस भारत तर्फ भागेको प्रहरी नायब उपरीक्षक मिनबहादुर घलले बताए। बरामद चल्ला कृष्णनगर नगरपालिका-१ सुरई खोलामा खाडल खनि पुरी नष्ट गरिएको  थियो।

चाडबाड लागेसँगै चल्ला तस्करी फरी बढेको व्यापारीहरु बताउँछन्। पश्चिमी नाकाहरुबाट कुखुरा, खसी बोका, रांगा, कपडा इलेक्ट्रिक लगायतका सामाग्रीहरुको तस्कारी बढेको व्यापारीहरु बताउँछन्। चाडबाडसँगै तस्कहरुले अहिले तस्करी समते बढाएका हुन्।

प्रकाशित: १० आश्विन २०७९ १३:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App