३ असार २०८१ सोमबार
image/svg+xml
समाज

बारामा ४४ जनामा डेंगी पुष्टि,परीक्षण गर्न कीटको अभाव

फाइल तस्बिर

बारामा डेंगीको प्रकोप बढ्दै गएको छ। डेंगीका बिरामी बढ्न थालेपछि सर्वसधारणमा त्रास छाएको छ।

बारामा गत भदौ २८ गतेदेखि परीक्षण हुन थालेपछि अहिलेसम्म डेंगीका ४४ बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख रामनरेशप्रसाद यादवले जानकारी दिए। उनका अनुसार कलैया अस्पतालमा ११ जना, जनस्वास्थ्य कार्यालयमा नौ र निजगढमा २४ डेंगीका बिरामी फेला परेका छन्। केही उपचारपछि घर फर्केका छन् भने कतिपयको प्रदेशिक अस्पताल कलैयामा उपचार भइरहेको यादवले बताए।

डेंगी परीक्षण गर्न कीटको अभाव भएको छ। कीट आपूर्तिका लागि सम्बन्धित निकायलाई जानकारी गराएको यादवले बताए। डेंगी अझै बढ्न सक्ने  उनको भनाइ छ। बारामा डेङ्गुबाट अहिलेसम्म कोहीको पनि मृत्यु भएको छैन। डेङ्गुबाट बच्न घर वरपर सरसफाइ, पूरै शरीरभरि कपडा लगाउन, खाल्डाखुल्डीमा पानी जम्न नदिन र सावधानी अपनाउन प्रदेशिक अस्पताल कलैयाका डा विकेश पाण्डेयले सुझाव दिएका छन्।रासस

प्रकाशित: ६ आश्विन २०७९ ०१:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App