१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

विज्ञापन बोर्डको सदस्यमा सुनसरीका पवन अधिकारी नियुक्त

विज्ञापन बोर्डको सदस्यमा सुनसरीका पवन अधिकारी नियुक्त भएका छन्।

नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयबाट अधिकारीलाई बोर्डको सदस्यमा नियुक्त गरिएको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव सुरेन्द्र थापाले आइतबार अधिकारीलाई सदस्यमा नियुक्त गरिएको जानकारी दिए। थापाका अनुसार मन्त्रालयका सचिव बैकुण्ठ अर्याल, सहसचिव उत्तरकुमार खत्री लगायतले पत्र प्रदान गरेका थिए। 

भदौ ३१ गतेको मन्त्रीस्तरीय निर्णयले चार वर्षका लागि विज्ञापन ऐन, २०७६ को दफा १४ को उपदफा (१) को खण्ड (ङ) बमोजिम अधिकारीलाई सदस्यमा नियुक्त गरिएको हो।

अधिकारी हाल नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष, नेपाल विज्ञापन संघ प्रदेश १ का अध्यक्ष छन्। झण्डै दुई दशक लामो पत्रकारिताको अनुभव बटुलेका उनी एक दशकयता विज्ञापन क्षेत्रमा समेत काम गर्दै आएका छन्।

प्रकाशित: २ आश्विन २०७९ ०८:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App