६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

काठमाडौं महानगरभित्र असोज १ गतेदेखि धुम्रपान गर्न निषेध

काठमाडौं महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र असोज १ गतेदेखि धुम्रपान निषेध गरेको छ।

महानगरपालिकाले एक सूचना जारी गर्दै असोज १ गतेबाट सार्वजनिक स्थानमा धुमपान गर्न निषेध गरेको जानकारी दिएको हो।  

महानगरले सार्वजनिक सूचनामा भनिएको छ, 'असोज १ गतेबाट सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थ मुखमा राख्ने, त्यस्तो पदार्थको नसा लिने वा सेवन गर्ने कार्य निषेध गरिएको छ।'

सार्वजनिक स्थलमा धुमपान गरे सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ समेतका आधारमा कानुन उल्लंघन गर्ने व्यक्तिलाई सार्वजनिकस्थलवाट बाहिर निकाल्ने वा तोकिएबमोजिमको जरिबाना गर्ने महानगरले चेतावनी दिएको छ।

प्रकाशित: ३० भाद्र २०७९ ०२:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App