२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भरतपुरको २२ एमभिएको ट्रान्सर्फमर जल्यो, तीन दिनसम्म विद्युत सेवा प्रवाहमा समस्या आउन सक्ने

भरतपुर र नारायणघाट क्षेत्रमा तीन दिनसम्म विद्युत सेवा प्रवाहमा समस्या देखिने भएको छ। भरतपुरमा रहेको २२ एमभिए ट्रान्सर्फमर जलेपछि शुक्रबारसम्म विद्युत वितरणमा समस्या देखिने भरतपुर विद्युत वितरण केन्द्रले जानकारी दिएको छ।  

भरतपुर सव स्टेशनमा दुई थान २२ एमभिएका ट्रान्सर्फमर मध्ये हिजो एउटा जलेको थियो। ट्रान्सर्फमर जलेपछि नारायणघाट र भरतपुर क्षेत्रमा आलोपालो गरेर  विद्युत छाडिएको भरतपुर विद्युत वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए।  

हिजोदेखि भरतपुरका क्षेत्रमा विद्युत आउने जाने भैरहेको छ। अहिले कप्लर लगाई एकबाट मात्र सञ्चालन गर्नुपरेको उनले बताए। भरतपुर १, भरतपुर २, औद्योगिक १, गणेशस्थान फिडर अहिले थ्री फेज ग्राहकको उल्टा फेज सिक्वन्स गरि केवल लाईटिङ्ग लोड मात्र संचालन भएको उनले बताए। 

ट्रान्सर्फमर ओभरलोड भएको अबस्थामा अलोपालो फिडर काटिने छ। समय समयमा पानी परिरहेकाले मर्मत गर्न तीनदिनसम्म लाग्ने उनले जानकारी दिए। उनले अर्को ट्रान्सर्फमर मर्मत भै संचालन नभए सम्म ठुला लोड खपत हुने वस्तु सञ्चालन नगरी सहयोग गर्न सेवाग्राहीलाई अनुरोध गरेका छन्।

प्रकाशित: २८ भाद्र २०७९ १४:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App