२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

पुख्र्यौली पेसा जोगाउन तालिम

 लोप हुँदै गएको कुमाल समुदायको पुख्र्यौली पेसाका रूपमा परिचित माटाका भाँडा बनाउने पेसा जोगाउन तालिमा सुरु गरिएको छ।

रास्कोट नगरपालिका–३ कुमाल गाउँमा नगरपालिकाले लोप हुँदै गइरहेको कुमाले समुदायको माटाको भाँडा बनाउन तिन महिने तालिम सुरु गरेपछि अव यहाँका कुमाले समुदायको पेसा जोगिने आशा पलाएको छ ।

माटाका भाँडा बनाएरै जीवन धान्न यहाँका बासिन्दा लामो समयदेखि यो परम्परागत पेसामा विस्थापित नै भएका थिए। रास्कोट नगरपालिकाले यो लोप हुँदै गएको लोपोन्मुख परम्परागत पुख्र्यौली पेसा जोगाउन तिन महिने माटाका भाँडा बनाउने तालिम सुरु गरेपछि स्थानीय कुमालेहरू खुसी भएका छन्। एक भव्य कार्यक्रमको आयोजना गरी आइतबार वडा नम्बर–३ को कुमाल गाउँमा तिन महिने तालिमको नगरप्रमुख धर्मराज शाहीले उद्घाटन गरेका छन्।

माटाका भाँडा बनाउने पेसाप्रति युवा पुस्ताको आकर्षण हुन नसक्नु तथा माटो, दाउरा, पराललगायत कच्चा पदार्थको अभावमा कुमाल बस्तीमा माटाका भाँडा बनाउने पेसा नै संकटमा परेको स्थानीय रन कुमालले बताए ।

माटाका हुन्डी, घैंटा, पाला, भुट्को, आरीलगायत माटाका वस्तु परम्परादेखि नै घरायसी प्रयोजनप्रति आकर्षित मानिन्छन्। ३ सय १६ घरधुरी रहेको कुमालबाडामा अहिले एकै जनाले पनि यो पेसा गरेका छैनन्। करिब एक दशकदेखि यो समुदाय यो पेसाबाट विस्थापित बनेका छन् ।

प्रकाशित: २८ भाद्र २०७९ ०३:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App