२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मोटरसाइकल दुर्घटनामा परी एक महिलाको मृत्यु

पूर्वपश्चिम राजमार्गमा पर्ने सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरमा मोटरसाइकल दुर्घटनामा परेर आज एक महिलाको मृत्यु भएको छ। 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको २–०१–००२ प ३९९३ नम्बरको मोटसाइकल दुर्घटना हुुँदा जिल्लाको बोदेबसाइन नगरपालिका–२ बस्ने ४५ वर्षीया अञ्जनादेवी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका लागि रुपनी गाउँपालिका–५ रायपुरस्थित युनिक अस्पताल ल्याउने क्रममा मृत्युु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

यसैबीच मृत्यु भएकाको पति मोटरसाइकल चालक मोहन यादव समान्य घाइते भएको प्रहरीले जनाएको छ। तीव्र गतिका कारण मोटरसाइकलले कुकुरलाई बचाउने क्रममा दुर्घटना भएको थियो।  

प्रकाशित: २७ भाद्र २०७९ १४:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App