७ वैशाख २०८१ शुक्रबार
समाज

दोलखा एमालेका तिन समानुपातिक महिला सांसद: जो यसपटक प्रत्यक्षमा भिड्न चाहन्छन्

दोलखा एमालेका तीन जना महिला समानुपातिक सांसदहरुले प्रत्यक्षमा निर्वाचन लड्ने आकांक्षीसहित पार्टीबाट सिफारिस भएका छन्। 

एक प्रतिनिधिसभा र दुई वटा प्रदेशसभाको सिट रहेको जिल्लामा पार्टी जिल्ला कमिटीले गरेको प्रत्यक्ष र समानुपातिकतर्फ ४८ जनाको नाम माथिल्लो कमिटीमा सिफारिस गरेको छ। ती मध्ये १५ जना महिला छन्। प्राय महिला समानुपातिकमा परेका छन्। ३ जनाले मात्र प्रत्यक्षमा लड्ने ईच्छा देखाएका छन्। प्रतिनिधि सभातर्फ प्रत्यक्षमा लड्ने आकंक्षी राख्नेहरुमा तिनै जना बाहलवाला समानुपातिक सांसद हुन् । प्रदेशतर्फको प्रत्यक्षमा महिलाको दाबी छैन। प्रदेशमा प्रत्यक्ष लड्न चाहनेहरु सबै पुरुष मात्र छन्।

प्रतिनिधिसभा सदस्यका लागि ८ जनाको नाम सिफारिस भएको छ। ती मध्ये शान्तिमाया पाख्रिन, रचना खड्का र सरस्वती बस्नेत गरेर ३ जना मात्रै महिला छन्। पाख्रिन समानुपातिकतर्फ पार्टीबाट हालका संघीय सांसद छिन्। २०६४ र हालको संसदमा समानुपातिक रहेकी उनी शहिदपत्नी हुन्। वाग्मती प्रदेश सभामा पार्टीबाट समानुपातिक सांसद रहेकी खड्का प्रदेश सरकारकी पूर्व अर्थमन्त्री हुन्। समानुपातिकमै सांसद रहेकी बस्नेत पूर्व सामाजिक विकास मन्त्री हुन्।

प्रतिनिधिसभा तर्फ जिल्ला पार्टीबाट पूर्व सांसद एवम् पूर्व मन्त्री समेत रहेका पोलिटब्युरो सदस्य आनन्द पोखरेल, दोलखाका वाहलवाला सांसद एवम् पूर्व मन्त्री साथै अर्का पोलिटब्युरो सदस्य पार्वत गुरुङ, पूर्व पार्टी अध्यक्ष ईश्वर पोखरेल, नेताहरु  श्याम बस्नेत र भरत दुलाल सिफारिस भएका छन्।  

प्रतिनिधिसभा समानुपातिक तर्फ ३ महिला सहित ८ जनाको सिफारिस भएको छ। सिफारिस पर्ने महिलाहरुमा उर्मिला थामी, शारदा राना, र रोचकुमारी चौलागाई छन्। उर्मिला गौरीशंकर गाउँपालिकाकी पूर्व उपाध्यक्ष हुन्। स्वर्गीय नेता पशुपति चौलागाईकी भाइ बुहारी समेत रहेकी चौलागाई सशक्त महिला नेतृ हुन्। समानुपातिक तर्फ नेताहरु ईश्वरी रिजाल, जितविर लामा, हर्कमान तामाङ, दिव्यध्वज कार्की र सहदेव खड्काको नाम सिफारिस भएको छ।

दुवै प्रदेश सभाको प्रत्यक्षतर्फ सबै सिफारिस भएका नामावलीमा महिला सहभागीता शून्य। प्रदेश सभा (क)बाट पार्टी जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, विदुर शर्मा, टंकल जिरेल र जिवसराज खड्कागरि ४ जना प्रत्यक्षतर्फ सिफारिस भएका छन्। प्रदेश सभा (ख) मा लालकुमार केसी, भरत केसी, बालकृष्ण शिवाकोटी, डबल पाण्डे र कैलाश कुमार श्रेष्ठ सिफारिस भएका छन्।

प्रदेशसभाको समानुपातिक तर्फ ९ जना महिला सिफारिसमा परेका छन्। प्रदेश (क) बाट समानुपातिकमा सिफारिस हुनेहरुमा उर्मिला सुनुवार, नविना तामाङ, शान्तिकुमारी तामाङ छन्। प्रदेश (ख) बाट कालिका पाठक, कृष्णकुमारी थामी, डा जानुका न्यौपाने, पार्वती खड्का, मेनुका सुवेदी र राधिका ओली गरेर ६ जना महिला समानुपातिक सिफमरिसमा परेका छन्।

प्रदेश तर्फ समानुपातिक सिफारिसमा पर्नेहरुमा चिरञ्जीवी मास्के, डिल्लीध्वज बराईली, रामबहादुर श्रेष्ठ, रमेश सुनुवार, मिङमा शेर्पा, लक्ष्मण गुभाजु, हरि जिरेल, सुन्दर कार्की, कृष्ण बहादुर श्रेष्ठ, टेकबहादुर घतानी, ठुला थामी, थिरबहादुर मोक्तान र दिनेश बस्नेत छन्। 

एमाले दोलखाका सचिव हिरा थोकरले सिफारिस नामावली माथिल्लो कमिटीमा नेपाली वर्णानुक्रम अनुसार पठाईसकिएको सुनाए।

प्रकाशित: २२ भाद्र २०७९ ०३:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App