१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

महानगरले १७ संस्थालाई १० दिनभित्र सम्पत्ति कर तिर्न दियाे निर्देशन

काठमाडौं महानगरपालिकाले विभिन्न १७ वटा संस्थालाई सम्पत्ति कर बुझाउन १० दिने सम्पत्ति कर बुझाउन पत्रचार गरेकाे छ।

मंगलबार महानगरपालिकाको राजस्व विभागले सरकारी तथा गैरसरकारी गरी १७ वटा संस्थालाई पत्रमार्फत १० दिनभित्र सम्पत्ति कर बुझाउन निर्देशन दिएको हो।

महानगरले थापाथलीस्थित खाद्य संस्थान, हाइट फिल स्कुल नयाँबजार, रञ्जना ट्रेड सेन्टर न्युरोड, साझा भण्डार भोटाहिटी, राष्ट्रिय नाचघर जमल, चेम्बर अफ कमर्स जमल, कर्मचारी सञ्चय कोष ठमेल, नेपाल विद्युत प्राधिकरण रत्नपार्क र नेसनल ट्रेडिङ लिमिटेड सिंहदरबार, नेपाली जामे मस्जिद बागबजार, कृषि सामग्री संस्थान टेकु, मनमोहन मेमोरियल कलेज एन्ड शिक्षण अस्पताल स्वयम्भू, आरबी कम्प्लेक्स न्युरोड, काठमाडौं प्लाजा पुतलीसडक, नेपाल सेयर मार्केट पुतलीसडक, सिविक हस्पिटल प्रा।लि र डेन्टल कलेज सामाखुसीलाई निर्देशन दिएको छ।

महानगरले तोकिएको समयमा कर नबुझाए राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी कर असुल गरिने जनाएको छ।

प्रकाशित: २१ भाद्र २०७९ १३:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App