१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

टीकापुर उद्योग वाणिज्य संघको नेतृत्वका लागि तीन जनाको उम्मेदवारी

टीकापुर उद्योग वाणिज्य संघको नेतृत्वका लागि तीन जना चुनावी मैदानमा उत्रिएका छन।

ती मध्ये दुईजना प्यानल सहित एकजनाले स्वतन्त्र (प्यानल बिहिन) उम्मेदवारी दर्ता गरेका छन। नेतृत्वका लागि प्यानल सहित चुनावी मैदानमा उत्रिनेमा वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका चक्रपाणी सापकोटा र महासचिव तपेन्द्र स्वाँर रहेका छन्। स्वतन्त्र उम्मेदवारी दर्ता गर्नेमा यसअघिको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका राजेन्द्र शाह छन्।  

सापकोटा नेतृत्वको प्यानलबाट उपाध्यक्ष उद्योगतर्फ जगतराज चौधरी र उपाध्यक्ष वाणिज्य तर्फ कृष्णप्रसाद उपाध्याय बजगाई रहेका छन। चौधरी वर्तमान कार्यसमितिमा समेत उपाध्यक्ष छन। सोही प्यानलको महासचिवमा परमानन्द पाण्डे, सचिवमा तपेन्द्र कुँवर र कोषाध्यक्षमा हरिलाल चौधरीले उम्मेदवारी दिएका छन।  

सो प्यानलबाट खुल्ला सदस्यमा पुथ्वीराज ढुंगाना, प्रकाश उपाध्याय तिमिल्सेना, हेमन्त रावल, बमबहादुर वली, बिनोद शर्मा बरही, दुर्गा साहु, नमराज देवकोटा र हंश रावलको उम्मेदवारी परेको छ । महिला सदस्यमा सुश्री पार्वती कुमारी महतोले उम्मेदवारी दिएकी छन । सो प्यानलबाट जनजाति सदस्य जीतबहादुर चौधरी पन्छी र दलित सदस्य माया बागदास निर्विरोध निर्वाचित भैसकेका छन।  

स्वाँर नेतृत्वको प्यानलबाट उपाध्यक्ष उद्योगमा सन्तोष खड्का र उपाध्यक्ष वाणिज्यमा नैनसिँह केसीको उम्मेदवारी परेको छ । त्यस्तै सोही प्यानलबाट महासचिवमा नवराज रिमाल, सचिवमा दिपेन्द्र रावल र कोषाध्यक्षमा लोकेश साउँदले उम्मेदवारी दिएका छन।  

स्वाँर प्यानलको खुल्ला सदस्यमा चित्रध्वज ठकुल्ला, डम्बरबहादुर कडायत, तपेन्द्र विक्रम बिष्ट, देवप्रसाद जैशी, नेत्रबहादुर बिष्ट, लालबहादुर चौधरी र हरी कुश्मी रहेका छन। महिला सदस्यमा टीका शाहीले उम्मेदवारी दिएकी छन। त्यस्तै प्रकाश शाहले सचिवमा र टेकबहादुर सोडारीले कोषाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन।

भदौ १८ गते (भोली) हुने निर्वाचनमा संघमा आवद्ध १ हजार १६३ मतदाताले मतदान गर्ने प्रमुख निर्वाचन अधिकृत रघुनाथ उपाध्यायले जानकारी दिए । संघको नेतृत्व आगामी तीन वर्षे कार्यकालका लागि चयन हुनेछ। 

प्रकाशित: १७ भाद्र २०७९ ०६:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App