५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

गोर्खाहरूको प्रतिष्ठालाई कमजोर बनाएको भन्दै प्रदर्शन

तस्बिरः प्रसन गुरुङ/नागरिक

ब्रिटिस आर्मी भूतपूर्व सैनिक संगठन, सिंगापुर गोर्खा विभागले न्याय र समानताको लागि बिहीबार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। विभागले सिंगापुरको आन्तरिक सुरक्षाको शुद्धता प्रदान गर्ने गोर्खाहरूको मूल्यमा, सिंगापुर सरकारमा परिवर्तन आएको भन्दै प्रदर्शन गरेको हो।

'अस्पष्ट पहिचानको स्पष्टीकरण' नै प्रदर्शनको प्रमुख माग भएको विभागले बताएको छ। विभागले लामो समयदेखि नेपालका बेलायती सेना र सिंगापुर प्रहरी बलमा सेवा गर्दै आए पनि गोर्खाहरूको वफादारी र बहादुरीको प्रतिष्ठालाई कमजोर बनाएको भन्दै प्रदर्शन गरेको हो। नेपाली गोर्खाहरुले सिंगापुरलाई गरेको योगदानप्रति सिंगापुर सरकारले मान्यता नदिएकोमा विभागले असन्तुष्टी जनाएको हो।

सिंगापुरले गोर्खाहरूको तलब, निवृत्तिभरण र अन्य सुविधा जस्ता सन्दर्भमा धेरै भेदभाव र अन्याय गरेका कारण गोर्खाहरूले धेरै असमानता भोगिरहेको विभागले बताएको छ। ब्रिटिस आर्मी भूतपूर्व सैनिक संगठन, सिंगापुर गोरखा विभागका अध्यक्ष पलबहादुर घर्ती मगरले (जि सि यस पि यफ) मा सिंगापुरको लागि काम गर्न नेपाली गोर्खाहरुलाई खटाइएता पनि तलब, पेन्सन बालुवा जस्ता अन्य सुविधाहरू अझै पनि ब्रिटिशद्वारा नै निर्धारण हुने गुनासो गरेका छन्। उनले नेपाली गोर्खाहरू प्रति बेलायती सरकार जिम्मेवार नभएको बताए।

प्रदर्शनमा बोल्दै ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन सिंगापुर गोर्खा विभागका उपाध्यक्ष मनि सुनवारले गोर्खाहरू समान पारिश्रमिक र समानताका लागि आवाज उठाउन बाध्य भएको बताएका छन्। उनले यसको समाधानका लागि बेलायती प्रधानमन्त्री समक्ष १६ बुँदे मागहरू पेश गरेको बताए।

विभागले बेलायती प्रधानमन्त्री समक्ष १६ बुँदे मागहरू पेश गरेता पनि सम्बोधन गर्नुको सट्टा, नेपालस्थित बेलायती दूतावासले पठाएको पत्र गैरजिम्मेवारपूर्ण भएको भन्दै खेद प्रकट गरेको छ। पत्रमा बेलायती दूतावासले यस मुद्दा नेपाल सरकार र सिंगापुर सरकारबीचको हो भनी पठाएको थियो।

प्रदर्शनमा 'हामीको हौं ब्रिटिश वा सिंगापुर?  हाम्रो लागि जिम्मेवार को हो? नेपाल सरकारको भूमिका के छ? के हामी नेपाली नागरिकलाई बेलायती सेनामा भर्ती गर्ने व्यवस्था गर्ने त्रिपक्षीय सम्झौता अन्तर्गत भर्ना भएका छैनौं?' जस्ता प्रश्नहरु ठडिएका थिए।

साथै प्रदर्शनमा बेलायती र सिंगापुरका समकक्षीहरूको तुलनामा समान पारिश्रमिक र निवृत्तिभरण, गोर्खा विधवाहरूलाई पेन्सन, सिंगापुरका गोर्खाहरूका दम्पतीका लागि श्रम स्वीकृति, २१ वर्षपछिका गोर्खा बालबालिकाका लागि आवासीय अनुमति, नेपालमा पारिवारिक स्वास्थ्य सेवा र अप्रमाणित आरोपका आधारमा खाली हात फर्किएका गोर्खाहरूलाई पेन्सन र अन्य क्षतिपूर्तिको माग गरिएको छ।

नेपालका गोर्खाहरूको बहादुरी, निष्ठा र अनुशासनका लागि परिचित छन्। उनीहरू लामो समयदेखि बेलायती सेना र सिंगापुर प्रहरी बलमा सेवा गर्दै आएका छन्।

प्रकाशित: १६ भाद्र २०७९ ०९:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App