४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

नारायणघाट मुग्लिङ सडकखण्ड अवरुद्ध

फाइल तस्बिर

वर्षात कारण माथिबाट पहिरो खस्दा नारायणघाट मुग्लिङ सडकखण्ड अवरुद्ध भएको छ।  

भरतपुर २९ सो सडक खण्डको केराबारीमा  बिहान ५: ५० मा माथिबाट पहिरो झरी बाटो दुईतर्फी बन्द भएको हो। उक्त स्थानमा पहिरो हटाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।  

त्यस स्थानमा पटक पटक लेदो सहितको पहिरो खस्दा सडक अवरुद्ध हुने गरेको छ। पहिरो खसेपछि गन्तव्यमा हिँडेका यात्रुहरु अलपत्र परेका छन्। अहिले सवारी साधनको लामो लाइन लागेको छ।

प्रकाशित: १६ भाद्र २०७९ ०१:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App