४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

सेरी पान्तडी सडक अलपत्र

कालिकोटको सेरी पान्तडी सडकको निर्माण कार्य अलपत्र परेको छ। विभिन्न मितिमा ठेक्का गर्दै काम गर्न लागेको ३७ वर्षसम्म सडक पूरा नहुँदा सेरी पान्तडी सडकको निर्माण कार्य अलपत्र परेको हो।

२०४२ सालबाट निर्माण थालिएको खाँडाचक्र नगरपालिकाको सेरी घाटदेखि महावैको पान्तडी सम्मको २३ किलोमिटर सडकको हालसम्म १४ किलोमिटर ट्रयाक खोल्ने काम मात्र भएको छ। सेरी पान्तडी सडक निर्माण कार्य अलपत्र हुँदा शुभकालिकाको सुकाटिया, राराकाटिया, महावैको गेला, पाद्म घाट, तिलागुफालगाएतका नागरिकले दैनिक दुःख भेक्नु परेको छ।

शुभकालिका गाउँपालिका निवर्तमान अध्यक्ष खडानन्द्र चौलागाईँले मान्म जोडने सडक निर्माण हुनुभन्दा पहिला २०४२ सालमा सर्भे गरी सिधै सेरीघाटदेखि जुम्ला सडक नाम राखि ५१/५२ सालबाट नेपाली सेनाले कामसुरु गरेको बताए। उनले पछि मान्मबाट सडक खन्ने काम हुँदा त्यो सडक अलपत्र परेको बताए।

शुभकालिका गाउँपालिकाले पनि यो सडक निर्माण गर्दा २ करोड ४९ लाख खर्च गरेको छ। यस्तै पूर्वाधार विकास कार्यालयबाट २०७६ देखि ७८ सम्म दुई करोड ८४ लाख खर्च भएको छ। र आर्थिक वर्ष २०७८/७९मा २२ करोड ५५ लाख ६७ हजार ६० रुपयाँमा ठेक्का भएर काम अगाडि बढेको पूर्वाधार कार्यालयका इञ्जिनियर लक्ष्मण पाण्डेले बताए।

पहिला जिल्ला विकास समितिले पनि खर्च गरेको देखिन्छ। अहिले प्यासिफिक कर्ण कन्टक्सन र सरिता कृष्ण निमार्ण सेवालाई सेरी र पान्तडी सडको जिम्मा दिएको बताए। प्यासिफिक कर्ण कन्टक्सका इञ्जिनियर अजुन गैतमका अनुसार सेरीदेखि पान्तडी खण्डको १३ किलोमिटर ट्रयाक खोल्ने जिम्मा आफूले पाएको बताए।

उनले भने, ‘सडकको ग्याबिन पाइपको काम पनि छ। सेरी सडक खण्डमा आधा काम गरेका छौं। वर्षातले अहिले काम केही महिना रोकिएको हो।’ ठेकादार तारा शाहाले चट्यान धेरै हुँदा ढिलो भएको बताइन्। ३७ वर्षसम्म पनि सडक निर्माण कार्य सम्पन्न नहुँदा यो सडकले अन्यवलता र्सिजना गरेको छ।

‘पहिला भोट माग्न गाउँमा आउँदा सांसद भएका कुर्मराज शाहीले यो सडकलाई मेन एजेण्डा बनाएर भोट मागे तर अलिले उनी सांसद हुँदै मन्त्री पनि भए सडक अलपत्र अवस्थामा रहेको छ।’ स्थानीय हस्तबहादुर शाहीलले गुनाशो गरे।

प्रकाशित: ११ भाद्र २०७९ १४:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App