२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

१० वटा निर्माण कम्पनी कालो सूचीमा,शैलुङलाई तीन वर्ष प्रतिबन्ध

सरकारले १० वटा निर्माण व्यवसायी वा कम्पनीलाई कालो सूचीमा राखेको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले शैलुङ कन्ट्रक्सन,जोनसोन कन्ट्रक्सन एण्ड सप्लायर्स,बलिया कन्ट्रक्सन,जस्ट इन टाइम कन्ट्रक्सन,महालक्ष्मी वायर एण्ड केबल इन्डस्ट्रीज,सर्जिमेड डिस्टिब्युटर्स,एस्पियल ग्रुप अफ इन्जिनियर्स र तुम्येहाङ निर्माण सेवा लगायत एक चाइनिज इन्जिनियरिङ कम्पनी र भारतीय आरभाली इन्फ्रापावर लिमिटेडलाई पनि सरकारले तीन वर्षसम्मका लागि कालो सूचीमा राखेको छ।

अनुप अधिकारीले सञ्चालन गरेको सैलुङलाई सरकारले कालो सूचीमा राख्दै तीन वर्षका लागि ठेक्का पट्टामा प्रतिबन्ध लगाएको हो। बालाजु(रानीपौवा) सडक निर्माण नगरी लापरबाही गरेपछि सडक सुधार तथा विकास आयोजना निर्देशनालयको सिफारिसमा सरकारले शैलुङलाई प्रतिबन्ध लगाएको हो।

प्रकाशित: ८ भाद्र २०७९ ०५:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App